Logo

कोशी प्रदेश

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले धर्ना दिने



काठमाडौं । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा फुकुवा वा मुआब्जा वितरणको माग गर्दै धर्ना दिने भएको छ । 

प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको समितिले मंगलबार (आज)देखि विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिन लागेको हो । पूर्व घोषित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिन लागेको हो ।

समितिले विरोधमा भोलि र पर्सी पनि धर्ना दिने संघर्ष समितिका संयोजक बेदराज पौडेलले जानकारी दिए । जग्गा प्राप्ति ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यवस्था छ तर कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ऐनमा व्यवस्था नभएकाले विभेदकारी ऐन भन्दै समितिले १०/१० गते जिल्ला प्रशासन कार्यालय अगाडि ऐन जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने पूर्व घोषित कार्यक्रम रहेको पौडेलले बताए ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  १० : ४२ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।