Logo

अन्तर्राष्ट्रिय

सलमानसँगै देखिनेछन् अब रामचरण



सलमान खानको आगामी फिल्म ‘कभी ईद कभी दिवाली’मा दक्षिण भारतीय अभिनेता राम चरण देखिने भएका छन् ।

भारतीय सञ्चार माध्यम इटाइम्सका अनुसार यस फिल्मको गीतमा राम चरण केमियो भूमिकामा देखिनेछन् ।

फरहाद सम्जीले निर्देशन गरेको फिल्मको हैदराबादमा छायांकन भइरहेको छ। हैदराबादमा फिल्मको २५ दिन शेड्यूल राखिएको छ।

हैदराबादमा एक गीतको छायांकन पनि हुनेछ। सलमानले राम चरणलाई भेटेर उक्त गीतमा केमियोको लागि अफर गरेका थिए। सलमानको अफर सुन्ने बित्तिकै राम चरणको जवाफ थियो, ‘हुन्छ’।
सलमानको राम चरण र उनका बुबा चिरञ्जीवीसँग राम्रो सम्बन्ध छ। चिरञ्जीवीको आगामी फिल्म ‘गड फादर’मा सलमान केमियो भूमिकामा देखिनेछन्।

‘कभी ईद कभी दिवाली’को नाम परिवर्तन गरेर ‘भाइजान’ राखिएको छ। तर निर्माण पक्षले आधिकारिक घोषणा गरेका छैनन्। सलमान र राम चरणसँगै फिल्ममा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे, शहनाज गिल, जस्सी गिल, पलक तिवारी र राघव जुयालको अभिनय रहनेछ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।