Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमई बैंक र आइएमई पेविच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्झौता



ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आइएमइ पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने छ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ११ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।