Logo

बैंकिङ

नबिल बैंकका कर्मचारी समेत उत्रिय सामाजिक सुरक्षा कोषको विरोधमा 



बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धहुन दबाब बढिरहँदा प्राय बैंकका कर्मचारीहरुले प्रर्दशन गरि सामाजिक सुरक्षामा आवद्ध नहुने प्रतिक्रिया दिइरहेका छन् । 

बुधबार नबिल बैंकको प्रधान कार्यलय दरबारमार्ग स्थीत कार्यलय प्रांगढमा ब्यानर सहित सामाजिक सुरक्षाको विरोध गरेका छन् ।  

यस योजनाको परिकल्पना अनुसार वर्तमान अवस्थामा सर्वप्रथम सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट बञ्चित लाखौं श्रमिक, कामदार/कर्मचारीहरुलाई समेटिनु पर्छ भन्ने कुरामा कसैको विमति नहोला तर विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाइरहेका बैंक, बीमा तथा वित्तीय संस्थाहरु र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई यस योजनामा जोड्न सामाजिक सुरक्षा कोष मरिहत्ते गरेर लाग्नु राज्यले परिकल्पना गरेको योजना र उद्देश्य विपरीत रहेको नेपाल वित्तिय संस्था कर्मचारी संघको ठम्याइ अनुसार बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । 

सामाजिक सुरक्षा कोषको विद्यमान ऐन, विनियमावली र कार्यविधिमा व्यवस्था भएका योजना र शर्त बमोजिम बैंक, बीमा तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले विगत तीन दशक देखि सामुहिक सौदाबाजी गरी प्राप्त गरेका सेवा सुविधाहरुबाट विमुख हुनुपर्ने अवस्था श्रृजना भएको भन्ने उनीहरुको गुनासो रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।