Logo

अन्तर्राष्ट्रिय

भारतमा १२,२४९ जना कोभिडका नयाँ संक्रमित




भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् । 

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।