Logo

अन्तर्राष्ट्रिय

भूकम्पपछि देखिएको अफगानिस्तान (फोटोफिचर)



अफगानिस्तानको तालिबान सरकारले कम्तीमा १,००० जनाको ज्यान लिने गरी आएको भूकम्पबाट पैदा भएको स्थितिसँग जुझ्न थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन् ।

खोस्त सहर नजिकै केन्द्रविन्दु भएको ६.१ म्याग्निट्यूडको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो ।

उद्धार समूहहरू भग्नावशेषहरूमा पुरिएका मानिसहरू बचाउने प्रयत्न गरिरहेका छन् ।

तर भीषण वर्षा तथा भौतिक संरचना र श्रोतको अभावमा उद्धार कार्य प्रभावित भइरहेको बताइएको छ ।

पाक्तिमा भत्किएको भवनको भग्नावशेषमा गाउँलेहरूले खोजी र उद्धार कार्यमा सघाइरहेका छन्
गायन गाउँमा भूकम्पका कारण चोटपटक लागेकाहरूलाई चट्टानी बाटोबाट ओसार्दै गरेको एम्बुलेन्स
भूकम्पले घर भत्काएपछि भग्नावशेषबाट आफ्ना सरसामान निकाल्न खोज्दै एक व्यक्ति
पाक्तिकास्थित एउटा अस्पतालमा घाइतेको उपचार हुँदै गरेको छ। त्यहाँ सैनिकहरू उपस्थिति पनि देखिन्छ
भूकम्पका कारण ज्यान गएका व्यक्तिको अन्तिम संस्कारअघि कुरान पढ्दै गरेका एक बालक
भूकम्पको केन्द्रविन्दु नजिकैका गाउँहरू सम्पूर्ण रूपमा ध्वस्त भएको घरमा परेर पनि केही मानिस बाँच्न सफल भएको उद्धारकर्ताहरूले बताएका छन्

बीबीसीबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ११ : ५३ बजे