Logo

अर्थ

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनी कारबाहीमा (सूचीसहित)



काठमाडौं । बीमा समितिले २२ बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँसम्म जरिवाना गरेको हो ।

निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरु कारबाहीमा परेका हुन् । समितिले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थानलगायत १२ बीमा कम्पनीलाई साढे १० हजार र नेपाल पुर्नर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्सललगायतका १० कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियम विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारबाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारबाही गर्ने चेतावनी पनि २२ वटै बीमा कम्पनीहरूलाई समितिले दिएको छ ।

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

यी हुन् कारबाहीमा परेका बीमा कम्पनीहरु

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १२ : ३६ बजे