Logo

अर्थ

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ४२ बजे