Logo

राजनीति

शेयर बजारबारे सांसद महतको टिप्पणी : लेस कुखुरा किनेर फाइदा खोजेर हुँदैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले आफूलाई सेयर बजार लेस कुखुरा जस्तो भएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महतले भने, ‘जबसम्म फुल पार्छ, किसानले पाल्छ र नाफा कमाउँछ। जब फुल पार्न छाड्छ, अनि बजार बजारमा ल्याएर, बाटो बाटोमा ल्याएर रु ५००, रु २०० र रु ३०० मा बिक्री गर्छ। अनि त्यही लेस कुखुरा किनेर हाम्रा सेयर बजारका साथीहरु मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु यावत् कुरा गर्ने गर्छन्’, उनले भने ।

महतले सेयर लगानीकर्तालाई ख्याल पुर्‍याउन आग्रह गरे। ‘यदि राहत चाहियो भने त लेस कुखुराको बीमा गर्नुपर्‍यो। अनि उहाँहरुले राहत पाउनुहुन्छ। नत्र भने लेस कुखुरा किन्ने, अण्डा सकिएको कुखुरा किन्ने अनि फेरि त्यसको फाइदा खोज्नुभएन। यो हरेक सेयर बजारका साथीहरुलाई भन्न चाहन्छुु, उनले भने।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ३ : ३४ बजे