Logo

स्वास्थ्य

सोमवार ९८९ संक्रमित थपिए, १७३६ जना डिस्चार्ज



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ९७९ जनामा कोरोना भाइरस पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।

पछिल्लो २४ घण्टामा नौ हजार दुई सय १८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय ७९ जनामा कोरोना देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार