Logo

स्वास्थ्य

कोरोना अपडेट : थप दुई हजार ७६० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा भएको १० हजार ९८५ नमुना परीक्षणमा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ७ हजार १३० जनामा पीसीआर परीक्षण गर्दा एक हजार ८५७ र ३  हजार ८८५ जनाको एन्टिजेन परीक्षण गर्दा ९०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ।  यस्तै  सोही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७  रहेको छ ।

प्रकाशित मिति : असार १७, २०७८ बिहीबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।