Logo

अन्तर्राष्ट्रिय

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप



काठमाडौं । विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोभिड-१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक भएको केही दिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।

आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ । रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।

हाल विश्वका ५५ भन्दा धेरै देशमा मंकीपक्स फैलिएको र तीन हजार चार सयभन्दा धेरै बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०९:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।