Logo

अर्थ

पुवाखोलाकाे साधारण सभा आज, आईपीओ प्रस्ताव पारित गर्ने



काठमाडौं । पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ । 

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।