आवश्यक सामग्री ः खसीको मासु, टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी, जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल, खुर्सानीको धुलो, तेजपत्ता, सुकमेल लगायतका मसला
विधि
–सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
–अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
–राम्रोसंग मोलेपछि छोपेर राख्ने । अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
–प्याज खैरो भएपछि टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने । त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
–अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने । फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
–अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
–त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने।
अर्को तरिका
–सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गर्नुस्
–कराईमा तेल राखेर तताउने,
–तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।
–त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,
–प्याज रातो भएपछि खसिको मासु राख्नुस्,
–खसीको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,
–दुई मिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,
–नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,
–समय–समयमा मासुलाई चलाउनुस्,
–मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,
–३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ( मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,
–मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,
–टमाटर पाकिसकेपछि मनतातो पानी मासुमा राख्ने,
–मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,
–अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।




















प्रतिक्रिया