नेपालमा क्रेडिट कार्डको भर्खरै सुरुवात हुँदै छ । क्रेडिट कार्ड के हो र यसका फाइदाहरु के(के हुन्छन भन्ने विषयमा ठूलो जमात अल्पज्ञानमा रहेको छ । कतिले क्रेडिट कार्डलाई बैंकको चलाखी भन्छन् त कती व्यक्ति क्रेडिट कार्ड लिन फारम भरिरहेका पनि हुन्छन् ।
हाल प्रायजसो धेरै वाणिज्य बैंकले क्रेडिट कार्डको सुवीधा थालिसकेका छन् । तर आम ग्राहकहरु भने यस विषयप्रति अज्ञात छन् । आम सर्वसाधरणले बैंकिङ भाषाहरु नबुझ्नु स्वभाविक नै हुन सक्छन् तर बैंकिङ प्रोडक्ट ( अहिलेलाई क्रेडिट कार्ड) का बारेमा विद्यार्थी, अन्य क्षेत्रमा सेवारत कर्मचारी लगायतको वर्ग पनि अज्ञात रहेको छ ।
बैंकले राम्रोसँग प्रचार गर्न नसक्दा बैंकिङ प्रणालीसँग जाडिएको व्यक्तिबाहेक अन्य व्यक्ति ज्ञानको कमीले बैंकिङ प्रेडक्टका सुविधाहरु उपभोग गर्न पाएका छैनन् । डिजिटल बैंकिङमा अग्रणी संस्था माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामुलक बेव सिरिज निमार्ण गरेको छ ।
डिजिटल युगमा जनचेताना मुलक सामग्री सबैलाई पढ्न फुर्सद नहुने हुनाले क्रमबद्ध रुपमा बेव सिरिजको थालनी गरेको छ । नेपाली बैंकिङ् इतिहासमा डिजिटल बैंकिङ् सेवाको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामुलक सन्देश सहितको बेवसिरिज निर्माण गरिएको सम्भवतस् पहिलो पटक नै हो ।
बेव सिरिज र मनोरन्जनात्म भिडियोप्रति जनचासो व्याप्त रहेको कुरालाई ध्यानमा राखेर माछापुच्छ्रे बैंकले समय सान्दर्भिक बेव सिरिजको निमार्ण गरेको जनाएको छ । माछापुच्छ्रे बेंकले निर्माण गरेको भिडियो सामग्रीमा दैनिक जीवनको भोगाइ देखि एउटा नव विवाहित जोडीका विभिन्न आवश्यकताहरु, उनीहरुको पारिवारिक तथा पेशागत जीवन, विभिन्न खालमा सामाजिक सन्देश दिने कुराहरु समावेश गरिएको छ ।
बैंकले निर्माण गरेको भिडियो सामग्रीमा आशुतोष अर्थात आशु र श्रीषा अर्थात श्री मुख्य पात्रको रुपमा रहेका छन् । लामो समयको प्रेम सम्बन्धपछि अन्तर्जातीय विवाह बन्धनमा बाधिएका आशु र श्रीको रमाइलो वैवाहिक जीवन, दैनिक जीवनमा श्रीमान/श्रीमतीको बीचमा देखिने नोक झोँकहरु भिडियोमा समावेश गरिएको छ ।
दैनिक आवश्यकताहरुको परिपूर्तीका लागि बैंकले उपलब्ध गराउने डिजिटल सेवाहरुले आम नागरिकको दैनिक आवश्यकतालाई कसरी सहजिकरण गर्दछ भन्ने कुरा भिडियो सन्देशले दिने छ । पहिलो सिजनमाजम्मा ५ वटा श्रृङ्खला रहेको बेवसिरिजको पहिलो र दोस्रो भाग यसअघि नै रिलिज भइसकेको छ ।
पहिलो र दोस्रो भाग रिलिज भएको २४ घण्टा भित्रै १ लाखभन्दा बढि दर्शकले उक्त भिडियो हेरिसकेका छन् । सामाजिक सञ्जार यूट्यूब र फेसबुक मार्फत उक्त बेव सिरिज हेर्न सकिने छ ।





















प्रतिक्रिया