हुम्ला । खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायाका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्नेजुल्दो रोगको लक्षण देखिएको छ ।
एक सातादेखि ठेउलासँग मिल्दो जुल्दो रोगका बिरामीहरुको संख्यामा बढ्न थालेको रायाबाट स्थानीय सूर्य बुढाले जानकारी दिए ।
राया गाउँमा करीब एक सातादेखि बालबालिकालाई उक्त रोगले ग्रस्त बनाएको छ । गाउँमा तीन वर्षदेखि माथि १६ वर्षसम्मका करीब २२ जना बालबालिकालाई उक्त ठेउलासँग मिल्ने रोगले समस्या पार्दै आएको स्थानीय बुढाले बताए ।
हुम्ला मावि रायामा पठनपाठन गर्ने विद्यार्थीहरुलाई उक्त रोगले छोएको बताइएको छ । गाउँमा सो रोग फैलिँदै जान थालेपछि उपचार गर्न खोज्दा पनि स्वास्थ्य संस्थामा उक्त रोगको औषधि नभेटिने गरेको बुढाले गुनासो गरे ।
बालबालिकाको शरीरमा फोका उठ्ने, पाक्ने जस्ता लक्षणहरु देखा परेको बुढाले बताए । यो एक खालको सरुवा रोग भएको राया स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज विरसिंह रावलले जानकारी दिए राया गाउँमा यतिखेर उक्त रोगका बिरामीको संख्यामा वृद्धि हुँदै गएको इन्चार्ज रावलले बताए ।
विद्यार्थीको घाँटीभित्र पनि खटिरा देखिएका कारण खानपिन गर्न नसकिने अवस्था आएको र ठेउलाको लक्षणसँग मिल्नेजुल्दो रोग देखिएका विद्यार्थीलाई विद्यालय आउन प्रतिबन्ध लगाइएको हुम्ला माविका प्रधानाध्यापक बिबी रावतले बताए ।




















प्रतिक्रिया