Logo

स्वास्थ्य

ग्रिनसिटी अस्पताललाई कारवाही गर्ने तयारीमा काउन्सिल, छोडेन जनस्वास्थ्यमाथीको खेलबाड



काठमाडौं । नागरिकहरुको चर्को दबाबपछि डाक्टरहरुको सेवा नियमन निकाय ग्रिनसिटी अस्पताललाई कारवाही गर्ने तयारीमा लागेको बुझिएको छ । अस्पतालमा ल्याईंने बिरामीका आफन्तसँग चर्को रकम असुल्ने र उपचारमा समेत लापरवाही गरी झन् पीडित बनाउँने यो अस्पताललाई कारवाही गर्ने तयारीमा रहेको जानकारी नेपाल मेडिकल काउन्सिल श्रोतले दिएको हो । 

अस्पतालले नै बिचौलिया बनाएका एक एम्बुलेन्स चालकले झुक्याएर उक्त अस्पताल पुर्‍याएका कलाकार तथा पत्रकार देव लामाको उपचारमा लापरवाही गरेपछि लामा हालसम्म पनि अर्धचेत अवस्थामा छन् । ४२ लाख रुपैयाँ झ्वाम पारेर भए भरको जाथजेथा पनि सकिने र लामा पनि त्यो अवस्थामा आएपछि कलाकार तथा पत्रकार देव लामा संघर्ष समिति नै गठन गरेर उक्त समिति आन्दोलित छ ।

विभिन्न समयमा वार्ता र सहमति भएपनि अस्पतालले सहमति पालना नगरेपछि लामाको परिवारले अस्पताललाई कारवाही र आफूलाई उचित क्षतिपुर्तिको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो । उक्त उजुरीको बारेमा महिनौंसम्म सुनुवाई नभएपछि संघर्ष समिति तथा यो विषयमा जानकारहरुले चर्को आवाज उठाउँदै आएका छन् । 

बिरामीको अवस्था जस्तोसुकै भएपनि कमाउँनै पर्छ भन्ने मानसिकता बोकेका अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनको दम्भले गर्दा लामा परिवार पिडामा छ । युनिटी लाइफ जस्तो काण्डमा त करोडौं धरौटी राखेर अस्पताल जस्तो संबेदनशिल संस्थाको अध्यक्ष बन्न पाएर कमाउँन पाएको छु भने एउटा बिरामीको आफन्त कराउँदैमा के फरक पर्छ र ? भन्ने धम्की दिने गरेको भुक्तभोगीहरु नै बताउँछन् ।

जनताहरुलाई चरम रुपमा ठगी गर्दै गर्दा नेपाल सरकारद्वारा प्रतिवन्धमा परेको युनिटी लाईफकै संरचनामा सञ्चालित ग्रिनसिटी अस्पताललाई आम भुक्तभोगीहरुले मानव मृत्युको कारखानाको उपनाम दिने गरेका छन् । जुन घटना नदोहोरियोस भनेर पनि आफूहरु संघर्षमा उत्रिनु परेको भनाई संघर्ष समितिका संयोजक प्रल्हाद खकुरेलको रहेको छ । 

यस बारेमा नेपाल मेडिकल काउन्सिल श्रोतले पनि कारवाहीको तयारी गर्दै गरेको बुझिएको छ । उजुरी आएको छ, अध्ययन पनि हुँदैछ सायद अब चाँडै टुंगिन्छ – काउन्सिल श्रोतले बतायो ।

यो पनि पढ्नुहोस् :

ग्रिनसिटी अस्पताल प्रकरण-बीचबाटो बाटै अपहरण हुन्छन् विरामी

मेडिकल काउन्सिलले सहयोग मागेमा ग्रिनसिटी अस्पताललाई तत्काल कार्वाही गर्छौं : स्वास्थ्य मन्त्रालय 

ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा

लुट र मृत्युको अखडा ग्रिनसिटी अस्पताल !

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ७ : १० बजे