प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तीन जना सल्लाहकारको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
काेराेना लागेर अाइसोलेसनमा बसेका प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत आफूहरुले कोरोना संक्रमण जितेका बताउँदै शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं भन्दै सन्देश दिएका छन् ।
प्रतिक्रिया