Logo

स्वास्थ्य

प्रधानमन्त्रीओलीकाे प्रमुख ३ सल्लाहकार कोरोना संक्रमण मुक्त



प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ काेराेना संक्रमण मुक्त हुनु भएकाे हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समाजिक सञ्जालमार्फत आफूहरु कोरोना संक्रमण मुक्त भएको दिनुभएकाे छ । उहाँले लेख्नु भएकाे छ-‘हामीले काेराेना संक्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छाैं ।’ प्रधानमन्त्रीका तीन जनै सल्लाहकारका सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको काेराेना नेगेटिभ आएको थापाले जानकारी दिनुभएकाे छ ।

‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार म सूर्य थापाकाे पछिल्लाे स्वाब परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे छ’ थापाले लेख्नुभएकाे छ, ‘हाम्रो परिवारका सदस्यकाे कन्ट्याक्ट ट्रेसिङ परीक्षणकाे रिपोर्ट पनि नेगेटिभ नै आएकाे छ ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गर्नुभएको थियाे । मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार !” सल्लाहकार रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ । सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँरु केबल अन्दाजै मात्र छ उहाँले भन्नुभएको छ । लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको उहाँले बताउनुभएको छ ।

“मनमा आयो–अब के होला, अरुहरुले के सोचिरहेका होलान् रु कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला रु” कोरोना हुँदा मनमा जिज्ञासा आइरहने उहाँले लेख्नुभएको छ, “कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ ।”

सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी आइसोलेशनको अबधि विहिबार पार गरेको उहाँले बताउनुभएको छ । सल्लाहकार रिमालले लेख्नुभएको छ, “दोश्रो चोटीको पीसीआर परिक्षणबाट परिणाम नेगेटिभ आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।”

कोरोना केही होइन भन्नु अतिरञ्जना भएको बताउँदै उहाँले थप्नुभएको छ, “कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो ।” कोरोना महामारीले पहिलो कुरा अनुशासनको माग गर्छ, दोस्रोमा संक्रमितको उच्च मनोवल र तेस्रोमा धैर्यता आवश्यक रहने उहाँले चर्चा गर्नुभएको छ ।

संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा। रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरेको उहाँले सामाजिक सञ्जालमा चर्चा गर्नुभएको छ । सल्लाहकार रिमाल अगाडि लेख्नुहुन्छ, “जनस्वास्थ्य विज्ञ डा। रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ ।”

प्रमुख सल्लाहकार रिमाल आफू कोरोना मुक्त भएपछि संक्रमित विरामी सबैको शीघ स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई, चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु” सल्लाहकार रिमालले भने  । स्वास्थ्यलाभको शुभेच्छासहित स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबैप्रति उनले आभार प्रकट गरे।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ०९ बजे