Logo

अर्थ

प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै



काठमाडौं । प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इन्छुक संस्थापकले १७ असारबाट ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०९:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।