काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देश खाद्यन्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद भएको बताएका छन् । शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यन्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए ।
उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकिएको भन्दै यो स्थितिलाई बदल्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको बताउँदै वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै प्रश्न गरे ।
संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको ओलीको आरोप छ । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।





















प्रतिक्रिया