Logo

अर्थ

एचआईडीसीएलको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज



काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर  एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक शेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । 

संस्थापक समूहको शेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए । 

संस्थापक समूहको शेयर कसरी साधारण सरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले ’अहिले लिलामीमा ल्याएको शेयर कुन प्रकृतिको हो र यसको कारोबार दोश्रो बजारमा कसरी हुन्छ भन्ने विषय स्पष्ट पारेर मात्रै लिलामी प्रकृया अघि बढाउनु’ भनेर एचआईडीसीएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मको लागि भन्दै लिलामी प्रकृया स्थगित गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १०:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।