Logo

शुक्रबार फेरी आकासियो सुन देखि चाँदीसम्मको मूल्य 



शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । लगातार घटेको सुनको मूल्य शुक्रबार फेरि तोलामा  ९ सय रुपैयाँले बढेको छ । आज तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार  भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ  भएको थियो । बुधबार पुन ८ सय रुपैयाँले घट्दै  तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य अघिल्लो  दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार एक सय ९६ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य एकै  दिनमा २५ डलरले बढेको छ । आज  सुन प्रतिऔंस १९११ ३२  डलर र चाँदी २४ ३० डलरमा कारोबार भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिहीबार सुन प्रतिऔंस १८८७ ७१ डलर र चाँदी प्रतिऔंस २३ ८४ डलरमा कारोबार भएको  थियो ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।