Logo

अर्थ

अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश प्रकरणबारे निष्पक्ष समिति बनाएर छानबिन गरौं : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्लै ओलीले उक्त विषयमा छानबिन हुनुको सट्टा सीसीटीभी फुटेज नै डिलिट गरिएको भन्दै आपत्ति जनाए ।

यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले गम्भीरताका साथ अघि बढाउनुपर्छ। छानबिन समिति बनाएर छानबिन गर्नुपर्दछ। निष्पक्ष कमिटी बनाएर छानबिन गर्नुपर्दछ।’ उनले बजेटमा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गराएर सेटिङ गरिएको बताउँदै यो अन्तर्राष्ट्रिय लज्जाकै विषय भएको बताए ।

उक्त विषय प्रमाणित हुन सक्ने देखेर सीसीटीभी फुटेज नै डिलिट गरिएको उनले बताए । ‘अब त हुँदा–हुँदा फुटेज डिलिट गरियो । डिलिट गर्न पाइन्छ ? स्वच्छता प्रमाणित गर्ने मन्त्री आफ्नै कर्तव्य हुन्छ । आफैले भन्नुपर्थ्यो– आउनुहोस् छानबिन गरौं । आउनुहोस् सीसीटीभी फुटेज हेरौं,’ ओलीले थपे ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १५:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।