Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुबैको मुल्य बढेको छ । 

सोमबारको तुलनामा सुन तोलामा १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा भने ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १२:५०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।