Logo

अर्थ

अर्थ सचिव एक दिनका लागि मात्र बिदा बस्नुभएको हो : प्रेस सल्लाहकार अधिकारी



काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेपछि यसलाई चासोका साथ हेरिएको थियो ।

तर अर्थ सचिव मरासिनी आज एक दिनका लागि मात्रै बिदा बसेका उनका प्रेस सल्लाहकार अजित अधिकारी बताए । अधिकारीका अनुसार भोलि (बिहीवार)देखि सचिव मरासिनी नियमित काममा फर्कने छन् ।

यता, अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नु भएको छ’, उनले भने ।

यो पनि पढ्नुहोस्

मन्त्रालय गम्भीर विवादमा तानिएका बेला अर्थसचिव मरासिनी बिदामा 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १३:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।