Logo

समाचार

कोरोनाले बजायो खतराको घण्टी, एकै दिन ११३ जना थपिए



काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १६:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।