Logo

अर्थ

फेरि हवाई भाडा बढ्यो, कहाँ जान कति ? (सूचीसहित)



काठमाडौं । इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि वायुसेवा कम्पनीले पनि भाडा बढाएका हुन् । निगमले सोमबार मध्येराति देखि लागु हुने गरी हवाई इन्धनको मूल्य बढाएर १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुर्‍याएको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ ।

काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

भाडा सूची

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १८:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।