Logo

स्वास्थ्य

कोरोना संक्रमण बढ्यो कि घट्यो ?



कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि वैशाख १६ देखि जारी गरिएको लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो पार्दा मानिसहरुको भिडभाड बढेको छ भने स्वास्थ्य मापदण्डको पनि प्रभावकारी पालना हुन सकेको छैन । 

असारको १४ गतेबाट स्मार्ट लकडाउन अर्थात लकडाउन खुकुलो पारिएको थियो । प्रशासनले लकडाउन खुकुलो पारे पनि कोरोना भाइरसको जोखिम कम नभएको विज्ञहरु बताउँछन् । आर्थिक अवस्था र सामाजिक अवस्थालाई मध्यनजर गर्दे सुरक्षाको मापदण्ड अपनाएर सबै सार्वजनिक यातायातलगायत अन्य व्यापार-व्यवसाय क्षेत्रहरु सञ्‍चालन भइरहेका छन् ।

सरकारले निषेधाज्ञा खुकलो पारेकै दिन असार १४ गते सोमबार ११ हजार ६ सय ४० जनाको कोरोना परिक्षण गर्दा २ हजार ४ सय ४४ जनाका कोरोना भाइरस पुष्टि भएको थियो भने ४२ जनाको मृत्यु भएको थियो । उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनंसख्या ३०५ दशमलव २ रहेको छ । 

असार १५ गते मंगलबार ११ हजार ७४८ जनाले कोरोना परिक्षण गराउदाँ २ हजार ६३६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । मृत्यु हुनेको संख्या २० थियो भने उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत थियो । मृत्यु प्रति दश लाख जनंसख्या ३०५ दशमलव ९ रहेको छ । 

१६ गते बुधबार कोरोना भाइरस परिक्षण गराउनेको संख्या ११ हजार ५६८ थियो । जसमा २ हजार ८९२ जनामा कोरोना भाइरस पुष्टि भएको हो । सोही दिन कोरोना सक्रमणबाट ४१ जनाको मृत्यु भएको थियो । उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत थियो भने मृत्यु प्रति दश लाख जनंसख्या ३०६ दशमलव ३ छ । 

१७ गते  बिहिवार ११ हजार ५६७ जनाको कोरोना परिक्षण गर्दा २ हजार ८९२ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाबाट ४१ जनाले ज्यान गुमाएका थिए । सोही दिनको कोरोना संक्रमणदर १९ दशमलव २ प्रतिशत रहेको थियो भने मृत्यु प्रति दश लाख जनंसख्या ३१२ दशमलव ४ थियो । 

त्यस्तै १८ गते शुक्रबार कोरोना भाइरसको परिक्षण गराउनेको संख्या ११ हजार ५९६ मध्ये २ हजार २९९ जनामा  संक्रमण देखिएको थियो भने ३४ जनाको मृत्यु भएको थियो । सोही दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत थियो । मृत्यु प्रति दश लाख जनंसख्या ३०८ दशमलव ४ जना छन्  । 

असार १९ गते शनिबार १० हजार १३३ जनाको कोरोना परिक्षण गर्दा २ हजार ३२८ जनाका कोरोना भाइरस पुष्टि भएको हो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा घटेर १९ पुगेको थियो । सोही दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनंसख्या ३१० दशमलव २ रहेको थियो । 

असार २० गते  आइतबार आठ हजार १३२ कोरोना परिक्षण गर्दा १ हजार ६०३ जनाका संक्रमण पुष्टि भएको थियो । शनिबारको तुलनामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । कोरोनाबाट २६ जनाले ज्यान गुमाएका थिए । उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव १ प्रतिशत रहेको थियो भने मृत्यु प्रति दश लाख जनंसख्या ३११ दशमलव १ जना छन् । 

असार २१ गते सोमबार कोरोना परिक्षण गराउनेको संख्या ११ हजार ५२७ थियो भने २ हजार ६ सय २२ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । सोही दिन मृत्यु हुनेको संख्या २३ पुगेको हो । उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव ९ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनंसख्या ३११ दशमलव ९ रहेको छ । 

त्यस्तै २२ गते १२ मंगलबार हजार ५८५ जनाले कोरोना संक्रमण परिक्षण गराउँदा २ हजार ६३४ जनामा कोरोना भाइरस पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ । सोही दिनको कोरोना सक्रमणदर १९ दशमलव २ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनंसख्या ३१२ दशमलव ४ रहेको छ । 

असार २२ गते बुधबार ११ हजार ८९८ जनाको कोरोना परिक्षण गराउँदा २ हजार ७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् । उक्त दिनको कोरोना संक्रमणदर १९ दशमलव २ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनंसख्या ३१३ दशमलव ३ रहेको छ । 

माथिको तथ्यांक अनुसार पछिल्लो १० दिनमा कोरोना संक्रमणबाट २८९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हाल सम्म जम्मा कोरोना संक्रमितको संख्या ६ लाख ५० हजार १६२ रहेको छ भने अहिले सक्रिय संक्रमित २६ हजार ५४४ जना छन् । ६ लाख १४ हजार ३२७ कोरोना संक्रमण मुक्त भएका छन् भने ९ हजार २९१ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । 

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ११ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।