Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । यस्तै, चइनिज युआन १ को १८.८८ पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ । 

कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।
 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०९:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।