Logo

अर्थ

देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको भनेर सुनियोजित हल्ला चलाइयो : संचारमन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको भनेर एउटा सुनियोजित हल्ला चालाइएको बताएका छन् । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको बताए ।

उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ’, उनले भने, ‘त्यो हल्लामा कुनै सत्यता छैन ।’

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे। मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने समेत बताए ।

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १९:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।