काठमाडौं । गत २४ घन्टामा देशभर १ सय २१ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १ सय २१ जना संक्रमित थपिएका हुन् ।
यस्तै आज ३१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार हाल देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सात जना संक्रमितको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ । शनिवार पनि १०२ जना संक्रमित भेटिएका हुन् ।




















प्रतिक्रिया