Logo

अन्तर्राष्ट्रिय

२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग



एजेन्सी/बैंकक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ । यसले श्रीलंकाको अवस्थामा पनि  असर गरेको हुन सक्छ । हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्लिन्केनले बैंककमा सञ्चारकर्मीलाई भने ।

मस्कोले फेब्रुवरीमा लगेको २ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न पनि उनले रुससँग माग गरे । ‘युक्रेन विरुद्ध रूसी आक्रमणले संसरभर उल्लेखनीय रूपमा खाद्य असुरक्षा बढेको देखेका छौँ । ’ ब्लिन्केनले भने । युक्रेन युद्धको असर थाइल्याण्डमा पनि देखिएको उनले बताए । नाकाबन्दीका कारण मलको मूल्य आकाशिएको उनको भनाइ थियो ।

श्रीलंकामा खाद्यान्न र इन्धनको चर्को अभावका कारण हप्तौंदेखिको अशान्ति छ । शनिबार  सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन राजी भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार ०८:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।