Logo

अर्थ

फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ । पछिल्लो दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ ।

सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार ११:२२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।