Logo

प्रमुख समाचार

काठमाडौं उपत्यका फेरि कोभिड १९ को ‘रेड जोन’मा



काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र  ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को ‘रेड जोन’मा परेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज २१ जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् । देशभर आज १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर रहेका ८७३ जना सक्रिय संक्रमितमध्ये ८५३ जना होम आइसोलेसनमा र २० जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ११ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १५:५३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।