Logo

लोकसेवा

लोकसेवा विषेश : प्रश्नोत्तर कार्यक्रम (अङ्क–४८)



काठमाडौं । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।
१. कवि शिरोमणि लेखनाथ पौडेल साहित्य पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

उत्तर– रमेश खकुरेल

२. चुरे संरक्षण राष्ट्रिय दिवस, २०७८ असार २ को नारा के हो ?

उत्तर– चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई

३. अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी कसलाई दिएको छ ?

उत्तर– नवयुग श्रेष्ठ (वि.सं. २०७९ जेठ १०)

४. नेपाल सरकारले आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरेको हो ?

उत्तर– वि.सं. २०७९ जेठ १०

५. विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा पहिलो जननिर्वाचित सरकारले गठन कहिले भएको थियो ?

उत्तर– वि.सं. २०१६ जेठ १३

६. शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

उत्तर– श्री ५ त्रिभुवन

७. धीरशमशेरका सत्र भाइ छोरामध्ये कति छोराहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ?

उत्तर– ५

(वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेर)

अन्तर्राष्ट्रिय–सन्दर्भ

८. जर्मन साम्राज्यका संस्थापक कसलाई मानिन्छ ?

उत्तर– विस्मार्क

९. कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?

उत्तर– युनान (ग्रिस)

१०. भिक्टोरिया फल्स कुनकुन देशको सीमामा पर्दछ ?

उत्तर– जिम्बाव्बे र जाम्बिया

११. अमेरिकी इतिहासमा कार्यवाहक राष्ट्रपति हुने पहिलो महिला को हुन् ?

उत्तर– कमला ह्यारिस

१२. Seven Rila Lakes कहाँ पर्दछ ?

उत्तर– बुल्गेरिया

रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने Seven Rila Lakes सातवटा हिमतालको समूह हो ।

२१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित सात तालहरू :

१) द टियर (सबैभन्दा सानो)

२) द आई

३) द किड्नी

४) द ट्विन (सबैभन्दा ठूलो)

५) द ट्रेफोइल

६) फिश लेक

७) द लोवर लेक

रमणीय यो ठाउँ पर्यटकका लागि आकर्षक गन्तव्य बनेको ।

१३. क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन कहिले भएको हो ?

उत्तर– सन् २०२१ मार्च ६ (जन्म : जून २१, १९२६ बेलिङवोल्ड, नेदरल्यान्ड)

१४. हाल सबैभन्दा धेरै इन्टरनेट प्रयोग गर्ने मुलुक कुन हो ?

उत्तर– चीन (दोस्रो : भारत र तेस्रो : अमेरिका)

१५. ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी)मा कति सदस्य मुलुक आबद्ध छन् ?

उत्तर– १२

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार ०५:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।