Logo

स्वास्थ्य

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु



बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ। यसैबीच, जिल्लामा आज थप २४ जना संक्रमित निको भइ घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन्। योसँगै बाँकेमा संक्रमण निको हुनेको संख्या एक हजार ७६२ जना पुगेको छ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ६ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।