Logo

मनोरञ्जन

भारतीय गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय



भारतका चर्चित गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय भएको छ। दलेर मेहन्दीलाई अवैध रूपमा मानव ओसारपसार गरेको आरोपमा जेल सजाय भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

ुबोलो ताराराु गायक मेहन्दीले अदालतमा दिएको अपील खारेज भएसँगै उनलाई दुई वर्षको जेल सजाय भएको हो। यो मुद्दामा दलेर मेहन्दी, उनका भाइ शमशेर र अरू दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। दलेरका भाइ शमशेरको भने सन् २०१७ मा निधन भइसकेको छ।

उनीहरूले १२ लाख भारू लिएर क्यानडा पठाइदिने आश्वासन दिएको उजुरी परेको थियो। पटियाला अदालतले बिहीबार दलेर महेन्दीलाई सन् २००३ को उक्त घटनामा जेल सजाय तोकेको हो। दुई वर्ष जेलसँगै उनलाई दुई हजार भारू जरिवाना पनि तोकिएको छ।

अदालतमा अपील दिएसँगै उनी जमानतमा बाहिरिएका थिए। अदालतको आदेशसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पटियाला जेल पठाउने सम्भावना रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। झडप मुद्दामा जेल सजाय भोगिरहेका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धू पनि पटियाला जेलमै छन्।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।