Logo

प्रमुख समाचार

झन् बढ्यो कोरोना संक्रमितकाे संख्या, एकै दिन थपिए २०५ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ ।

आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेका छन् । यससँगै काठमाडौंमा ८५० जना, ललितपुरमा ९२ जना र भक्तपुरमा २६ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १६:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।