Logo

स्वास्थ्य

गण्डकीमा ५५ वर्ष माथिका सबैले खोप पाउने



गण्डकीमा आजदेखि भेरोसेल खोप सुरु हुँदै छ । चीनबाट ल्याइएको खोप गण्डकीसहित केही प्रदेशमा वितरण गरिएको हो ।

गण्डकीलाई १ लाख ३४ हजार डोज खोप आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘५५ वर्ष माथिका सबै नागरिकलाई पुग्ने गरी खोप आएको छ । सोहीअनुसार जिल्लामा वितरण भइसक्यो,’  निर्देशनालयका अधिकृत नवराज शर्माले भने, ‘प्रदेशमा १ लाख ३४ हजार डोज खोप प्राप्त भएको छ ।’

शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका स्टाफ, सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिलाई यो खोप लगाईने छ । सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेकोमा ८ लाख डोज खोप पहिलो चरणमा नेपाल ल्याइएको हो । अमेरिकाबाट ल्याइने भनिएको जोन्सन एण्ड जोन्सन खोप पनि नेपाल आइसकेको छ ।

प्रदेशस्तरीय विभाजनपछि गण्डकीमा खोप आपूर्ति हुने शर्माले बताए । उक्त खोप ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ लगाइने छ । गण्डकीमा रहेका तिब्बती शरणाथीले पनि अब खोप पाउने भएका छन् । हेमजा, छोरेपाटन, पृथ्वीचोक, दुलेगौंडा र मुस्ताङको छैंरो तथा बागलुङको ढोरपाटनमा तिब्बती शरणार्थी क्याम्प छ । त्यहाँका नागरिकहरु लकडाउनदेखि नै थुनिएर बसेका छन् ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  १२ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।