Logo

समाचार

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान



पोखरा । पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ ।

त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग गर्ने, विशेष लोगो र पहिचानयुक्त संकेत राख्ने छ ।

यसअघि  महानगरकाे कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । ईच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेश गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेभसाइटमा राख्ने, महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिने मेयर धनराज आचार्यले बताए । योसँगै चालू आर्थिक वर्षदेखि महानगरले सार्वजनिक शौचालय निर्माणमा विशेष चासो दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १७:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।