Logo

समाचार

विवेकशीलका नेता रवीन्द्र मिश्रलाई कोरोना संक्रमण



काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएकोबारे मिश्रले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । 

उनलाई यसअघि ६ महिना पहिले पनि कोरोना संक्रमण भएको थियो । यसपटक लक्षणहरू पहिलो पटकजस्तो कडा नभएको उनले बताएका छन् ।

‘थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ । घरमै आराम गर्दैछु । हिजो त मैले कसैलाई भेटिनँ । त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्‍याउन आग्रह गर्दछु’, मिश्रले लेखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १०:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।