काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएकोबारे मिश्रले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।
उनलाई यसअघि ६ महिना पहिले पनि कोरोना संक्रमण भएको थियो । यसपटक लक्षणहरू पहिलो पटकजस्तो कडा नभएको उनले बताएका छन् ।
‘थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ । घरमै आराम गर्दैछु । हिजो त मैले कसैलाई भेटिनँ । त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु’, मिश्रले लेखेका छन् ।




















प्रतिक्रिया