सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्टिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अनशनरत डा। गोविन्द केसीको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्रवक्ता श्रेष्ठले उनको स्वास्थ्य बारे चिन्ता व्यक्त गरेका हुन् ।
शनिबार ट्विट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्,डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा भईरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ।सम्बन्धित सबै सम्वेदनशील बनौं ।
सरकार पक्ष र केसी पक्षको वार्ताका विषयमा डिन नियुक्ती गैर तरिकाले भएको भन्दै केसी पक्षले नियुक्ती खारेजीको माग गरेसँगै वार्ता अनिर्णीत बन्दै आएको छ ।
प्रतिक्रिया