Logo

स्वास्थ्य

होम आइसोलेसनमा रहेका कोरोना संक्रमित वृद्धको मृत्यु



चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना भाइरस सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो। क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा २१ असोजमा स्वाब परीक्षणका लागि दिइएकोमा २३ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।