Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीवार बिहान बालुवाटारमा भएको भेटवार्तामा लोसपाका अध्यक्ष ठाकुरले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका थिए ।

लोसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ।’ सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए । जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको भण्डारीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १४:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।