Logo

राजनीति

एसपीपी अस्वीकार गरिएको पत्र अमेरिकालाई पठाउन रुलिङको माग



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्नुपर्ने भन्दै यसका लागि रुलिङको माग गरे ।

उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको हो, तर परराष्ट्रले कार्यान्वयन गरिरहेको छैन ।’ उनले एसपीपीमा सहभागी नहुने भनेर पत्रचार गर्न संसदले रुलिङ गर्न माग गरे ।

नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको उनको आशंका छ । माओवादी प्रमुख सचेतक गुरुङले भने भने, ‘जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।’

बुधबारको बैठमा एसपीपी अस्वीकारको पत्र पठाउन रुलिङ गर्न माग गर्दै एमाले सांसाद भीम रावलले राष्टम नै कब्जा गरेका थिए भने उनी पछि नहटेपछि बैठक नै स्थगित गर्नु परेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १५:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।