Logo

प्रमुख समाचार

प्रावधान सजिलो बनाउने नाममा नागरिकता बेच्न हुँदैन : लालबाबु पण्डित



काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका छन् । नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन् ।

‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’

सांसद पण्डितले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १६:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।