Logo

अर्थ

आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले चालू आर्थिक वर्षमा ताेकिएकाे आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन रहेको बताएको छ। आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती हुने बताएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तोकेका थिए । तर यो लक्ष्य हासिल गर्न निकै कठिन रहेको गभर्नर अधिकारीले बताए । उनले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभाव, रुस–युक्रेन युद्धका लगायतका कारण आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले कोभिडको महामारी कम भएको आधारमा मौद्रिक नीति आएको बताए । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेको संख्यासँगै पर्यटक आवागमन बढ्दै जाने विश्लेषण गरेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १६:३७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।