Logo

राजनीति

मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटरको व्यवस्था गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो ।

मुटुका बिरामीहरुको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । अत्यावश्यक ‘अक्सिजेनेटर’ बेलैमा प्रबन्ध नगर्दा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि यो विषयले संसदमा पनि प्रवेश पाएका थियो ।

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले बिरामीहरुको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको समितिलाई स्पष्टीकरण दिएका थिए । युक्रेन युद्ध र कोरोना संकटका कारण पनि उपकरण ल्याउन नसकिएको पनि निर्देशक अधिकारीले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १८:३१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।